Kathmandu Press

त्रिशूली बस दुर्घटनामा वेपत्ता एक युवकको शव भेटियो

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो।
त्रिशूली बस दुर्घटनामा वेपत्ता एक युवकको शव भेटियो

धादिङ, फागुन २४ : त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता भएका एक युवाको शव फेला परेको छ। बिहीबार बिहान गोताखोरको टोलीले शव फेला पारेको हो।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो।

Hardik ivf

मृतक अन्दाजी २०–२५ वर्षीय पुरूष छन्। उनको शव नदीबाट निकालिएको छ। पहिचान खुलाउने काम भइरहेको छ।

बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४स्४० बजे धादिङको गजुरी गाउँपालिका(५ घाटबेशीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बिहीबार थप एक जनाको शव फेला परेको हो।

प्रकाशित मिति: १२:५१ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्