Kathmandu Press

सरकारलाई कमजोर र असफल हुने छुट छैन् : बर्तौला

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
सरकारलाई कमजोर र असफल हुने छुट छैन् : बर्तौला

काठमाडौं, फागुन २४ : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन्।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

Hardik ivf

‘हाम्रा आसनहरु परिवर्तन भएका छन्, भूमिकाहरु परिवर्तन भएका छन् तर जवाफदेहीता हाम्रो फेरिएको छैन्। जनताप्रतिको कर्तव्यमा परिवर्तन भएको छैन्,’ उनले भने, ‘त्यसकारण यो सरकारले देश र जनतालाई केन्द्रमा राख्नुपर्छ । विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई लक्ष्य बनाएर काम गर्नुपर्छ। यो सरकालाई कमजोर हुने, असफल हुने छुट छैन्। जनताको हितमा काम गर्ने सामथ्र्य राख्नुपर्छ।’

उनले काम गर्दै जाँदा काँध गल्यो भनेर काँध फेर्ने छुट समेत सरकारलाई नरहेको बताए। उनले यो सरकारले विकास सुशासन समृद्धि र सामाजिक न्यायलाई ध्यय बनाएर काम गर्नुपर्ने बताए।

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्