जसपा उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।-1704546155.jpg)
काठमाडाैं, फागुन २४ : जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।
यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्ने प्रमुख सचेतक प्रदीप यादवले बताए। त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय भएको छ।
प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको छ।
‘अध्यक्षज्यूको नेतृत्वमा जाने निर्णय भयो। एकजना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ,’ उनले भने।
प्रकाशित मिति: १२:२७ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












