प्रधानमन्त्रीले आज संसदलाई सम्बोधन गर्ने
प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेको संसद सचिवालयले जनाएको छ।
काठमाडौं, फागुन २४ : कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँग मिलेर नयाँ गठबन्धन गर्दै सरकार पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभालाई आज सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ। यसअघि विपक्षमा रहेका दलहरुले कतिपय विषयमा सरकारको जवाफ मागेका थिए।
सभामुख देवराज घिमिरेले संसदमा उठेका विषयहरुमा जवाफ दिन सरकारलाई फागुन २१ गतेको दिन नै तोकेर रुलिङ गरेका थिए। तर, २१ गतेको बैठक स्थगित भएको थियो।
प्रधानमन्त्रीले शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिन लागेको संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ११:२२ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












