सुदूरपश्चिम सरकारबाट बाहिरियो समाजवादी
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि समाजवादी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिएको हो।
धनगढी, फागुन २४ : नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको छ।
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि समाजवादी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिएको हो।
एमाले, माओवादीसहित बनेको नयाँ सत्ता गठबन्धनमा समाजवादी २ मन्त्री लिँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको छ।
समाजवादीबाट सुदूरपश्चिम सरकारमा नरेशकुमार शाही आर्थिक मामिलामन्त्री थिए। उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर राजीनामा बुझाएका छन्।
चार जना प्रदेश सभा सदस्य रहेको समाजवादीले संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गर्ने बताइएको छ।
माओवादी केन्द्रले बुधबार नै प्रदेश सरकारलाई दिएको समर्थन लिइसकेको छ।
समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अब शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन छ। बहुमत पु¥याउन २७ जनाको समर्थन चाहिन्छ।












