Kathmandu Press

कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ

‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो। अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ। देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भने।
कुनामा मौन बसेको मन्त्रालयले अब आवाज बुलन्द गर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, फागुन २४ : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताए। उनले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरे।

Hardik ivf

‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो। अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ। देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भने।

युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्र्नुपर्नेमा जोड दिएका उनले सबैसँग मिलेर सहकार्य गर्ने बताए।

रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।

प्रकाशित मिति: ०९:५९ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्