Kathmandu Press

चन्द्रागिरीबाट लागुऔषधसहित एक युवक पक्राउ

लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरीबाट लागुऔषधसहित एक युवक पक्राउ
Hardik ivf

काठमाडौं, फागुन २४ : लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: ०७:०४ बजे, बिहीबार, फागुन २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्