कोरोना उपचार गर्न भरतपुरमा तयार हुँदै नयाँ अस्पताल
भरतपुर, चैत ६ : कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्न चितवनको भरतपुरमा नयाँ अस्पताल तयार हुन लागेको छ।
भरतपुर नगरपालिकाको अगुवाईमा सरोका....

भरतपुर, चैत ६ : कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्न चितवनको भरतपुरमा नयाँ अस्पताल तयार हुन लागेको छ।
भरतपुर नगरपालिकाको अगुवाईमा सरोकारवालाहरूको सर्वपक्षीय बैठकले तीन दिन अर्थात ७२ घन्टाभित्र अस्पताल तयार गर्ने निर्णय गरेको थियो। त्यहिअनुसार, अस्थायी अस्पताल बनाउन थालिएको हो।
बुधबार बिहानदेखि निर्माण गर्न थालिएको अस्थायी अस्पतालले बिहीबार स्वरुप ग्रहण गर्न थालिसकेको छ। शुक्रबारसम्म आईसीयूसहितको अस्पताल तयार गर्ने लक्ष्य लिइएको छ।
भरतपुरमा निर्माण भइरहेको नयाँ अस्पतालका केही दृश्य :
प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











