प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैं
बैठक बिहान ९ बजे नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । त्यसअघि ८ः३० बजे संसदीय दल कार्यसमिति बैठक समेत बस्दैछ । सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो ।
काठमाडौं, फागुन २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
त्यसअघि ८ः३० बजे संसदीय दल कार्यसमिति बैठक समेत बस्दैछ । सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।
उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुने लगायत विषयमा कांग्रेसले छलफल गर्नेछ ।
प्रकाशित मिति: ०६:४६ बजे, बिहीबार, फागुन २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












