Kathmandu Press

समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो कांग्रेस

केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै माओवादी नेतृत्वको बागमती सरकारलाई दिएको फिर्ता लिँदै कांग्रेस सरकारबाट बाहिरिएको हो।
समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो कांग्रेस

मकवानपुर, फागुन २३ : नेपाली कांग्रेस बागमती प्रदेश सरबारबाट बाहिरिएको छ।

केन्द्रको सत्ता समीकरण परिवर्तन भएसँगै माओवादी नेतृत्वको बागमती सरकारलाई दिएको फिर्ता लिँदै कांग्रेस सरकारबाट बाहिरिएको हो।

Hardik ivf

कांग्रेसका ६ जना मन्त्रीले बुधबार नै मुख्यमन्त्री जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन्।

बागमती प्रदेश सरकारमा कांग्रेसबाट बहादुरसिंह लामा आर्थिक मामिला, तीर्थ लामा खानेपानी तथा सिँचाइ, मसिना खड्का वन तथा वातावरण, पुकार महर्जन संस्कृति पर्यटन तथा सहकारी, उत्तम जोशी स्वास्थ्य र रामकृष्ण चित्रकार वाणिज्य भूमि तथा प्रशासन मन्त्री थिए।

प्रकाशित मिति: १९:१० बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्