Kathmandu Press

समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

अध्यक्ष माधव नेपालसहितका नेताले केहीबेर अघि बालुवाटारमा प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो।
समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने

काठमाडौं, फागुन २३ : नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भानुक्त जोशी र धनबहादुर बुढालाई पठाउने भएको छ।

अध्यक्ष माधव नेपालसहितका नेताले केहीबेर अघि बालुवाटारमा प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको हो।

Hardik ivf

प्रधानमन्त्रीको सचिवालयका अनुसार भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने धनबहादुर बुढा शहरी विकास मन्त्रालये पाउने छन्।

प्रधानमन्त्री दाहालले बुधबार नै नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ५ र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना सहभागी गराएर मन्त्रिपरिषद विस्तारकाे तयारी गरेका छन्।

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्