Kathmandu Press

सुर्खेतको सिम्ता गाउँपालिकामा ८४ लाख भ्रष्टाचार, ११ विरुद्ध मुद्दा

सुर्खेतको सिम्ता गाउँपालिका–५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा ८४ लाख ८६ हजार ६४२ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सुर्खेतको सिम्ता गाउँपालिकामा ८४ लाख भ्रष्टाचार, ११ विरुद्ध मुद्दा

काठमाडौं, फागुन २३ : सुर्खेतको सिम्ता गाउँपालिकाका तत्कालीन अध्यक्ष कविन्द्र कुमार केसीसहित ११ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका–५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा ८४ लाख ८६ हजार ६४२ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Hardik ivf

अख्तियारको अनुसन्धानपछि भ्रष्टाचार भएको तथ्य फेला परेपछि सिम्ता गाउँपालिकाका तत्कालिन अध्यक्ष केसीसहित डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहाल, तत्कालीन सहायक वन अधिकृत टेकबहादुर रावल, तत्कालीन लेखापाल लक्ष्मीकुमारी थापा क्षेत्री मुद्दा दायर गरिएको छ।

यस्तै, सिम्ता सब–डिभिजन वन कार्यालयका तत्कालीन रेन्जर कमल चित्रकार र भोजप्रसाद उपाध्याय, सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिका अध्यक्ष जगत महतरा, उपभोक्ता समितिका सचिव चन्द्रप्रकास थापा, उपभोक्ता समितिका कोषाध्यक्ष मिना पोखरेल हमाल, नाफ सिड्स प्रालीका सञ्चालक गौतम महर्जन र सिम्ता गाउँपालिका–५ का तत्कालिन वडाध्यक्ष मोहनकुमार बिसीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

सुर्खेतको सिम्ता गाउँपालिका–५ स्थित आली भन्ने स्थानमा निर्माण भएको हाइटेक नर्सरीमा भ्रष्टाचार भएको दाबीसहित परेको उजुरीमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानकाक्रममा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रमका लागि रकम भुक्तानी भए पनि नर्सरी नै प्रयोगमा नल्याइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: १८:०४ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्