Kathmandu Press

शिवरात्रीको तयारी अन्तिम चरणमा

अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको कोषले जनाएको छ।
शिवरात्रीको तयारी अन्तिम चरणमा

काठमाडौं, फागुन २३ : पशुपति क्षेत्र विकास कोषले शुक्रबार मनाईने महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

महाशिवरात्रीको पूर्वसन्ध्यामा बुधबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले बिभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

Hardik ivf

अहिलेसम्म पशुपतिनाथ क्षेत्रको सरसफाई, सजावट, भक्तजनलाई सहज रुपमा मन्दिर दर्शन गराउने व्यवस्थापन पक्ष, सुरक्षा व्यवस्था लगायत सम्पूर्ण तयारी पुरा भएको कोषले जनाएको छ।

शिवरात्रीलाई विशेष रुपमा मनाउनकालागि कोष संचालक परिषदका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको संयोजकत्वमा महाशिवरात्री पर्व व्यवस्था मूल समिति २०८० गठन गरि समितिमार्फत बिभिन्न ८ वटा उपसमिति गठन गरिएको कोषका सदस्य सचिव राजु कुमार खत्रीले जानकारी दिए।

पर्वलाई थप व्यवस्थित बनाउन ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका अंगहरुसँग समन्वय गरी सम्पन्न गर्ने कोषले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनको व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ । पशुपति क्षेत्र विकास कोषले यस वर्ष कसैलाई पनि विषेश पासको व्यवस्था नगरिएको सदस्य सचिव खत्रीले बताए।

यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने बिहीबारदेखि पशुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाइने कोषले जनाएको छ।

महाशिवरात्रीलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरेको कोषका सदस्यसचिव खत्रीले बताए। कोषले यसपटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्