Kathmandu Press

माधव नेपाल दुई नेतासहित बालुवाटारमा

सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।
माधव नेपाल दुई नेतासहित बालुवाटारमा

काठमाडौं, फागुन २३ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुईजना नेतासहित बालुवाटार पुगेका छन्।

सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।

Hardik ivf

एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा जाने निर्णयसँगै मन्त्रीका बिषयमा स्पष्ट हुन प्रधानमन्त्रीसँग छलफलका लागि पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई छलफलका लागि जिम्मेवारी दिएको थियो।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डसँग स्पष्ट जिम्मेवारीसहितका विषयमा छलफल गरेपछि मात्र सरकारमा मन्त्री पठाउने विषयमा ठोस निष्कर्षमा पुग्ने छ।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्