Kathmandu Press

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षणमा जागरुक बन्न थालेका हुन्।
संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा

इलाम, फागुन २३ : आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन्।

मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ। पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षणमा जागरुक बन्न थालेका हुन्।

उनीहरु लिम्बू समुदायका कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धधन तथा पुस्तान्तरणमा जुटेका हुन्।

Hardik ivf

लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको अगुवाइमा कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले यही बिहीबार र शुक्रबार ‘प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव’ नै आयोजना गर्दैछन्।

आदिवासी याक्थुङ/लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताए।

‘वर्तमान युवा पिँढी आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेका छन्,’ अध्यक्ष सोङ्मीले भने, ‘आफ्नै समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि इलाममा पहिलोपटक महोत्सव आयोजना गरिएको छ।’

दुई दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन बिहीबार सांस्कृतिक झाँकीसहित लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिने अध्यक्ष सोङ्मीले जानकारी दिए।

दोस्रो दिन विभिन्न विषयमा छलफलका साथै महोत्सवका सहभागीका लागि तरेचा (लिम्बू सांस्कृतिक परिकार) तयार गरी वितरण गरिने उनले बताए। त्यस्तै अन्य सांस्कृतिक परिकार तोङ्बा ९एक प्रकारको जाँड०, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ।

नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रचारप्रसार उपसिमित सहसंयोजक अतित योङहाङ बताउँछन्।

‘कला, संस्कृति र परम्परा भनेको आदिवासी जनजातिको पहिचान हो, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पहिचान जोगाउन युवा पुस्ताले चासो देखाउनुपर्छ,’ उनले भने, ‘पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक छ।’

इलाम चोक बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन र चितवनसहित १३ जिल्ला तथा चार विदेशस्थित चुम्लुङ शाखाबाट सहभातिा रहने महोत्सव प्रचारप्रसार उपसिमितिका सहसंयोजक अतित योङहाङले जानकारी दिए।

छलफलमा करिब दुई सय ५० जना सहभागी हुने आयोजकको अनुमान छ। रासस

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्