Kathmandu Press

१७ मन्त्रीको मन्त्रालय टुंगियो, ५:४५ मा सपथ

नयाँ सत्ता समीकरणसँगै मन्त्रिपरिषद पुनगर्ठन गरेका दाहालले मन्त्रीहरुको शपथका लागि कार्य विभाजनको पत्र राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन्।
१७ मन्त्रीको मन्त्रालय टुंगियो, ५:४५ मा सपथ

काठमाडौं, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरेका छन्।

नयाँ सत्ता समीकरणसँगै मन्त्रिपरिषद पुनगर्ठन गरेका दाहालले मन्त्रीहरुको शपथका लागि कार्य विभाजनको पत्र राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन्।

Hardik ivf

एमालेका ८, माओवदी ५ र रास्वपाका ४ मन्त्रीले आजै ५:४५ शपथ लिने छन्।

कार्यविभागन अनुसार एमालेबाट सरकारको नेतृत्व गरेका रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँदा पदम गिरी गिरीले कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला बालबालिका, राजेन्द्र राईले खानेपानी, दामोदर भण्डारीले उद्योग, ज्वालाकुमारी साहले कृषि र बलराम अधिकारीले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एमालेका ८ मन्त्रीमध्ये गिरीले यसअघि नै शपथ लिइसकेका छन्। उनको जिम्मेवारी भने तोकिएको थिएन्।

यस्तै, माओवादीका नरायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि उनी उपप्रधान तथा गृहमन्त्री थिए। यस्तै, वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

शक्ति बस्नेतले उर्जा मन्त्रालयमा निरन्तरता पाउँदा रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि मन्त्रयलमा निरन्तरता पाएकी छिन्। हितबहादुर तामाङले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले यसअघि नै शपथ लिइसकेका पनि जिम्मेवारी भने पाएका थिएनन्।

यसैगरी रास्वपाबाट सभापति रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, डीपी अर्याल, श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद र सुमना श्रेष्ठ, शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: १६:३२ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्