नाउपा सरकारमा सहभागी नहुने
नाउपा केन्द्रीय समितिको बैठकले सरकारमा सहभागी नहुने तर सुदूरपश्चिम प्रदेश सरकारमा दाबी रहने निर्णय लिएको छ।
काठमाडौं, फागुन २३ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारमा सहभागी नहुने निर्णय गरेको छ।
नाउपाका अध्यक्ष रेशमलाल चौधरीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए।
नाउपा केन्द्रीय समितिको बैठकले सरकारमा सहभागी नहुने तर सुदूरपश्चिम प्रदेश सरकारमा दाबी रहने निर्णय लिएको छ। उक्त पार्टीले मुलुकको राजनीतिक अवस्थालाई केही समय हेरेर आवश्यक निर्णय गर्ने भएको छ।
प्रकाशित मिति: १६:०५ बजे, बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












