Kathmandu Press

माओवादीको पछिल्लो निर्णयले अतिवादलाई मलजल गर्‍यो : शंकर भण्डारी

‘नेकपा माओवादी केन्द्रका निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाउने, आपसी अविश्वास सिर्जना गर्ने र अतिवादलाई मलजल गर्ने काम गरेको छ।’
माओवादीको पछिल्लो निर्णयले अतिवादलाई मलजल गर्‍यो : शंकर भण्डारी

काठमाडौं, फागुन २३ : नेपाली कांग्रेसका नेता एवम सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले गठबन्धन परिवर्तन गर्ने माओवादी केन्द्रको निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाएको, आपसी अविश्वास सिर्जना गरेको र अतिवादलाई मलजल गर्ने काम गरेको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै भण्डारीले लोकतान्त्रिक र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आब्हान पनि गरेका छन्।

Hardik ivf

‘नेपालमा पछिल्लो समयमा घटित राजनीतिक घटनाक्रमले देशलाई थप अस्थिरतातर्फ लैजाने र नागरिकमा थप निराशा सिर्जना गर्ने अवस्था उत्पन्न भएकोमा सबै राष्ट्रबादी शक्तिमा चिन्ता र चासो बढेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा माओवादी केन्द्रका निर्णयले देशमा राजनीतिप्रति वितृष्णा फैलाउने, आपसी अविश्वास सिर्जना गर्ने र अतिवादलाई मलजल गर्ने काम गरेको छ।’

अतिवादबाट मुलुकलाई जोगाउनु आजको प्रमुख राष्ट्रिय आवश्यकता भएको बताउँदै नेता भण्डारीले यो तथ्यलाई मनन गर्नुसबैको दायित्व भएको उल्लेख गरेका छन्।

नेता भण्डारीले देश र जनताको हितलाई शिरोपर गर्दै विद्यमान संकटबाट मुलुकलाई निकास दिनका लागि लोकतान्त्रिक परिपाटीका पक्षधर, वैदिक सनातन हिन्दू धर्ममा विश्वास राख्ने सम्पूर्ण राष्ट्रवादी शक्तिलाई एकजुट भएर अघि बढनका लागि आब्हान समेत गरेका छन् ।

 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्