सरकारमा नेकपा माओवादीबाट नारायणकाजी, शक्ति र रेखाको निरन्तरता, अर्थमा वर्षमान
गृहमन्त्रालय रास्वपाको भागमा परेका नारायाणकाजीले पररास्ट्र मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने शक्तिले उर्जा र रेखाले सञ्चारमै निरन्तरता पाउने सम्भावनाप प्रवल छ।
काठमाडौं, फागुन २३ : एमालेसहितको नयाँ गठबन्धन सरकारमा नेकपा माओवादीका तीन पुरानै मन्त्रीले निरन्तरता पाउने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालल नारायणकाजी श्रेष्ठ, शक्तिबहादुर बस्नेत र रेखा शर्माले निरन्तरता पाउने भएका हुन्।
गृहमन्त्रालय रास्वपाको भागमा परेका नारायाणकाजीले पररास्ट्र मन्त्रालयको जिम्मेवारी पाउनेछन् भने शक्तिले उर्जा र रेखाले सञ्चारमै निरन्तरता पाउने सम्भावनाप प्रवल छ।
यसअघि पर्यटनमन्त्री रहेका सुदन किराती भने यो पटक दोहोरिने छैनन्।
माओवादीबाट यसअघि नै हितबहादुर तामाङ मन्त्री बनिसकेका छन्। उनको मन्त्रालय टुंगो लाग्न बाँकी छ।
प्रकाशित मिति: १५:०४ बजे, बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार