Kathmandu Press

मिटरब्याज पीडित भन्छन्– ‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं’ [तस्बिरहरू]

बुधबार संघर्ष समितिले फागुन १३ देखि २१ गतेसम्म ५ पटक वार्तामा बस्दा पनि सरकारसँग सकारात्मक वार्ता हुन नसेकाले आन्दोलनलाई थप सशक्त बनाउन बाहेकको विकल्प नरहेको भन्दै भृकुटीमण्डपदेखि बालुवाटारसम्म मार्च गरेको हो।
मिटरब्याज पीडित भन्छन्– ‘हामी गणतन्त्र विरोधी होइनौं, न्यायका लागि आएका हौं’ [तस्बिरहरू]

काठमाडौं, फागुन २३ : मिटर ब्याज र ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले मिटर ब्याज विरुद्ध न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ३७औं दिन ‘बालुवाटार मार्च’ गरेको छ।

बुधबार संघर्ष समितिले फागुन १३ देखि २१ गतेसम्म ५ पटक वार्तामा बस्दा पनि सरकारसँग सकारात्मक वार्ता हुन नसेकाले आन्दोलनलाई थप सशक्त बनाउन बाहेकको विकल्प नरहेको भन्दै भृकुटीमण्डपदेखि बालुवाटारसम्म मार्च गरेको हो।

Photos-(4)(2)-1709713253.jpg

Hardik ivf

मार्च कार्यक्रममा सहभागी मिटर ब्याजपीडित मेहु गिरीले सरकारले आफूहरूको आन्दोलनमा अवरोध पु¥याएर झन पीडित बनाएको गुनासो गरे। एक लाख रुपैयाँ साहुबाट ऋण लिएर चार लाख बुझाएपछि पनि साहुले जग्गा नै लिलामी गरिदिएको भन्दै उनले न्यायाधीशले समेत घुस खाएकाले न्यायप्रति नै आशा मरेको बताए।

Photos-(17)(1)-1709713253.jpg

‘हामी यहाँ पनि पीडित भइरहेको छौं। प्रशासनले ठाउँ ठाउँमा अवरोध गरिरहेको छ । हामी शान्ति जुलुस गर्न लागेको हो कुनै पार्टीलाई गाली गरेको होइन। पैदल हिडेर आएको महिना दिन पुगिसक्यो,’ उनले भने, ‘हामीले गणतन्त्रको विरोध गरेका छैनौं । हामीलाई न्याय चाहिएको हो। मंैले एक लाख रुपैयाँ लिएर चार लाख रुपैयाँ बुझाए तर पनि जग्गा नै लिलामी गरिदियो। न्यायाधीशले समेत घुस खाएको छ। न्यायप्रति नै आशा मरेको छ।’

Photos-(20)-1709713252.jpg

त्यस्तै काँकडभिट्टादेखि पैदलमा सहभागी भएर आएका अर्का पीडित लालबहादुर मगरको पनि गुनासो उस्तै छ। साहुसँग ३ लाख ४० हजार रुपैयाँ लिएर २ वर्षमा ६ लाख ८० हजार दिने सहमति भएकोमा दुई वर्ष नपुग्दै जग्गा नामसारी भएर साहु समेत बेपत्ता रहेको उनले बताए।

सहयोगको लागि सरकारलाई धेरै अपिल गरिसके पनि केही सहयोग नपाएको उयनले बताए।

Photos-(10)(1)-1709713253.jpg

Photos-(12)(1)-1709713252.jpg

 

प्रकाशित मिति: १४:०६ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्