Kathmandu Press

एकीकृत समाजवादीको बैठक सुरु

बैठकमा मुलुकको परिवर्तित राजनीतिक अवस्था र नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागीताबारे छलफल हुने जनाइएको छ।
एकीकृत समाजवादीको बैठक सुरु

काठमाडौं, फागुन २३ : नयाँ गठबन्धन सरकारमा जाने वा नजाने भन्ने बिषयमा निर्णय लिन नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ।

बैठकमा मुलुकको परिवर्तित राजनीतिक अवस्था र नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा सहभागीताबारे छलफल हुने जनाइएको छ।

Hardik ivf

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा भेटेर सरकारमा सहभागिताका लागि आग्रह गरेका थिए।

पार्टी बैठकमा समग्र बिषयमा छलफल हुने बताइएको छ। आजै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष नेपालको निवासमै पुगे छलफल गरेका थिए।

 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्