Kathmandu Press

लुम्बिनीमा माओवादी केन्द्रका मन्त्री बर्खास्त

माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिनु अगावै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका हुन्।
लुम्बिनीमा माओवादी केन्द्रका मन्त्री बर्खास्त

दाङ, फागुन २३ : लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका छन्।

मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना)लाई बर्खास्त गरिएको हो। मास्की अर्थमन्त्री र केसी सहरी विकास मन्त्री थिए।

Hardik ivf

माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिनु अगावै दुई मन्त्रीलाई बर्खास्त गरिएको हो। यता माओवादी केन्द्रले पनि चौधरीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको जनाइएको छ।

 

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्