बालुवाटारबाट मिटरब्याजपीडित पक्राउ
मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत रहेका कुशवाहलाई बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको हो।
काठमाडौं, फागुन २३ : बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह पक्राउ परेका छन्।
मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत रहेका कुशवाहलाई बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रहरीले कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ। अहिले पक्राउ सबैलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । यस्तै प्रहरीले पीडितलाई भृकुटीमण्डपबाट जुलस निकाल्न समेत रोक लगाएको छ।
पीडित र सरकारका विच पटकपटक भएको वार्ता निश्कर्षविहीन बन्दै आएको छ।
प्रकाशित मिति: १३:०४ बजे, बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार