गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियाे
बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जनाएको छ।कास्की, फागुन २३ : नेकपा माओवादी केन्द्रले केन्द्रको सत्ता समिकरण बलिएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ।
बुधबार बिहान बसेको माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादी केन्द्रले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइसकेको जनाएको छ।
मुख्यमन्त्री पाण्डेले मंगलबारमात्र माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, फागुन २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












