Kathmandu Press

आजै मन्त्रीपरिषद् विस्तारको तयारीमा नयाँ गठबन्धन, मन्त्रालय बाँडफाँडका लागि आन्तरिक छलफलमा

आजै मन्त्रीपरिषद् विस्तारको तयारीमा नयाँ गठबन्धन, मन्त्रालय बाँडफाँडका लागि आन्तरिक छलफलमा

काठमाडौं, फागुन २२: सत्ता गठबन्धन दलका नेताहरु गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र ककसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरुभित्र छलफल चलिरहेको छ ।

गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार दलले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित अन्य साना दलहरुलाई समेत गठबन्धनमा सामेल गराउने प्रयास गरिरहेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराएर अघि बढ्न जोड दिएका छन् । गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार साँझ दोश्रोपटक भेट गरे । बुधबार विहानै उनले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका छन् । 

Hardik ivf

मंगलबार साँझको भेटमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरुलाई लिएर कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । प्रधानमन्त्री दाहालको आग्रहमा एकीकृत समाजवादीेले बुधबार मध्यान्हसम्मको समय मागेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि त्यतिञ्जेल समय माग गरेको नेताहरुले जनाएका छन् ।

सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दैछ ।

सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँट कार्यदल पनि छलफलमै छ । मंगलबार कार्यदलमा केहीबेर छलफल भएपनि गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति भएको छैन। 

‘सबैको चासो गृह र अर्थमा छ । अझ मुख्यगरी गृह मन्त्रालयमा सबैको दाबी परेको छ,’ कार्यदलका एक सदस्यले भने । 

बुधबारसम्म गठबन्धनमा सामेल हुने दलहरुको टुंगो लाग्ने र त्यसपछि मन्त्रालय बाँडफाँटको टुंगो लगाउने तयारी छ ।

‘को को सरकारमा सहभागी हुने भन्ने टुंगिए लगत्तै मन्त्रालयको बाँडफाँटको टुंगो लाग्छ । सबैलाई मिलाएर लैजाने विषयमा प्रधानमन्त्रीज्यूले सकारात्मक पहल लिनुभएको छ, त्यसमा पनि बामपन्थी एकतामा उहाँको जोड छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘सरकारमा सहभागी हुने दलको टुंगो लागेबित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ ।’

कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालको क्याबिनेटमा माओवादी, एमाले र रास्वपाबाट एक-एक जनालाई मात्रै मन्त्रीहरु छन् ।

प्रकाशित मिति: ११:१६ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्