Kathmandu Press

नोबेल अस्पतालको शौचालयमा फेला पर्‍यो नवजात शिशु 

आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नोबेल अस्पतालको शौचालयमा फेला पर्‍यो नवजात शिशु 

विराटनगर, फागुन २२ः नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेको छ ।

आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Hardik ivf

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ६ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जनाएको छ ।
 

प्रकाशित मिति: १०:५८ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्