Kathmandu Press

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे देउवा
Hardik ivf

काठमाडौं, फागुन २२: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । 

सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासितरुपमा प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन्। देउवा केहीबेर अघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेको श्रोतले जनाएको छ। 

अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए।

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्