Kathmandu Press

कोरोनाले इटालीमा एकै दिन ४७५ को मृत्यु

काठमाडौं, चैत ६ : कोरोना भाइरसको संक्रमणले इटालीमा भयावह रुप लिएको छ। एकै दिन चार सय ७५ जनाको मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमण भएयता इटाल....

कोरोनाले इटालीमा एकै दिन ४७५ को मृत्यु

काठमाडौं, चैत ६ : कोरोना भाइरसको संक्रमणले इटालीमा भयावह रुप लिएको छ। एकै दिन चार सय ७५ जनाको मृत्यु भएको छ।

कोरोना भाइरस संक्रमण भएयता इटालीमा भएको यो सबैभन्दा धेरैको मृत्यु हो। यसअघि चीनमा पनि यतिधेरै जनाको मृत्यु भएको थिएन्। इटालीमा एक महिनामा तीन हजारले ज्यान गुमाएका छन्।

बिहीबारसम्म इटालीमा संक्रमितको संख्या ३५ हजार सात सय १३ पुगेको छ। जसमा दुई हजार दुई सय ५७ गम्भीर रहेका छन्। अहिलेसम्म चार हजार २५ जना निको भएर घर फर्केका छन्।

बिहीबारसम्म संसारभर मृत्यु हुनेको संख्या आठ हजार नौ सय ६९ जनाको मृत्यु भएको छ। यसमा सबैभन्दा बढी चीनमा तीन हजार दुई सय ४५ जनाको मृत्यु भएको छ।

अहिलेसम्म संसारभर दुई लाख १९ हजार तीन सय ३२ जनामा संक्रमण देखिएको छ। जसमा सबैभन्दा बढी चीनमा ८० हजार नौ सय २८ जना रहेका छन्।

त्यसपछि इटालीमा ३५ हजार सात सय १३ जना, इरानमा १७ हजार तीन सय ६१, स्पेनमा १४ हजार सात सय ६९ र जर्मनीमा १२ हजार तीन सय २७ जना बिरामी परेका छन्।

बिहीबारसम्म बिरामी भएकामध्ये ६ हजार आठ सय १४ जना गम्भीर रहेका छन्। त्यस्तै, ८५ हजार सात सय ४५ जना निको भएर घर फर्केका छन्।

चीनमा संक्रमणको दर घटेपनि अन्य देशमा भने बढ्दै गएको छ। छिमेकी भारतमा पनि संक्रमण बढिरहेको छ। भारतमा तीन जनाको मृत्यु भएको छ भने एक सय ७१ जना बिरामी परेका छन्। आज मात्रै दुई जनामा संक्रमण देखिएको छ।

नेपालमा भने अहिलेसम्म थप संक्रमण देखिएको छैन। सुरुआतमै चीनबाट आएका एक जनामा संक्रमण देखिएपनि निको भइसकेका छन्। नयाँ संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १०:५९ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्