Kathmandu Press

सरकारमा सहभागीताबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए । प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको हो । 
सरकारमा सहभागीताबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 
Hardik ivf

काठमाडौं, फागुन २३ : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी सचिव जीवनराम श्रेष्ठ जानकारी दिएका छन् ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । जवाफमा नेपालले सल्लाह गर्ने बताएका थिए । प्रचण्डको प्रस्ताव, सरकारमा सहभागीताबारे छलफल गर्न बैठक बोलाइएको हो । 

यसैबीच, मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितको बैठकमा एकीकृत समाजवादी सरकारमा जान सकारात्मक रहेको जनाएको थियो । यसबारे समाजवादीको आजको बैठकले निर्णय गर्नेछ । 
 
प्रकाशित मिति: ०७:४६ बजे, बुधबार, फागुन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्