Kathmandu Press

भेटियो डीएसपीको ‘सुसाइड नोट’: 'आफ्नै कारण आत्महत्या गरेको हुँ, मेरो गुल्मका केटाहरूलाई दुःख नदिनु'

भेटियो डीएसपीको ‘सुसाइड नोट’: 'आफ्नै कारण आत्महत्या गरेको हुँ, मेरो गुल्मका केटाहरूलाई दुःख नदिनु'

विराटनगर, फागुन २२: मोरङको धनपालथान गाउँपालिका–३ मा सोमबार मृत भेटिएका सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) उपेन्द्र बस्यालको ‘सुसाइड नोट’ भेटिएको छ ।

बस्यालले आफ्नै कारण आत्महत्या गरेको व्यहोरा उनको ‘सुसाइड नोट’मा लेखिएको प्रहरीले बताएको छ ।

Hardik ivf

बस्याललाई कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा फेला पारिएको थियो ।

‘मैले आफ्नै कारण यो निर्णय गरेको हुँ । मेरो गुल्मका केटाहरु सोझा छन् । अनुसन्धानका नाममा दुःख नदिनु’, सुसाइड नोटमा लेखिएको छ, ‘जिन्दीमा सोचेजस्तो केही गर्न सकिएन । विभागका लागि पनि खास केही गर्न सकिएन । मेरो कमाण्डमा त्यस्तो उल्लेख्य काम गर्न सकिँन । सबै राम्रोसँग बस्नू, सरी ।’

मृतक बस्याल धनपालथान गाउँपालिका ३ सोराभागमा रहेको गुल्मका प्रमुख थिए ।

प्रकाशित मिति: २१:११ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्