Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई ‘चरम अवसरवादी’ भन्दै समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई ‘चरम अवसरवादी’ भन्दै समर्थन फिर्ता लिने कांग्रेसको निर्णय
Hardik ivf

काठमाडौं, फागुन २२: नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार दिउँसो बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत आजैबाट फिर्ता लिने निर्णय गरिएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितको नयाँ समीकरण बनाएका थिए । कांग्रेसले गठबन्धन तोड्न एमाले–माओवादी चलखेल र प्रवृत्ति जिम्मेवार रहेको ठहर गरेको छ । 

प्रचण्डले चरम असरवादी चरित्र प्रस्तुत गरेको निक्र्योलसमेत निकालेको छ । वैठकमा प्रचण्डलाई काँध थापेर धोका पाएको समिक्षा समेत गरिएको जनाइएको छ । 

प्रकाशित मिति: १९:२५ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्