Kathmandu Press

चितवन राष्ट्रिय निकुञ्जमा नौ महिनामा मरे २२ गैँडा

चितवन, चैत ६ : चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्नेक्रम बढ्दै गएको छ। नौ महिनामा २२ वटा गैँडा मरेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्र....

चितवन राष्ट्रिय निकुञ्जमा नौ महिनामा मरे २२ गैँडा

चितवन, चैत ६ : चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मर्नेक्रम बढ्दै गएको छ। नौ महिनामा २२ वटा गैँडा मरेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक गत मंगलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैँडाको हाडखोर मात्र भेटिएको छ। यसअघि राष्ट्रिय वन क्षेत्र र निकुञ्ज क्षेत्रमा गरि दुई वटा गैँडा मरेका थिए।

विषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैँडा मर्ने गरेका छन्। गैँडाको मृत्युदर उच्च भएपछि गत वर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ।

केही वर्षयता चोरी शिकारीबाट गैँडा मारिएका छैनन्। तर, प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ।

गत वर्ष ४३ गैँडा प्राकृतिक कारणले मरेका थिए। आर्थिक वर्ष २०७४÷७५ मा २६ र २०७३÷७४ मा २५ गैँडा सोही कारणले मरेका थिए।

सामान्यतया पाँच प्रतिशत गैँडाको मृत्युलाई सामान्य मानिन्छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैँडा रहेका उनले बताए।

यसैबीच चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको गणना गर्न लागिएको छ। यसको तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ। यही चैत १० गतेबाट चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु हुँदै छ। 

प्रकाशित मिति: १०:२३ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्