Kathmandu Press

मोरङ हत्या प्रकरण: तालिमप्राप्त कुकुर प्रयोग गरी हत्यारा खोजिदै

मोरङ हत्या प्रकरण: तालिमप्राप्त कुकुर प्रयोग गरी हत्यारा खोजिदै

विराटनगर, फागुन २२: मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा भएको १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञहरुको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Hardik ivf

मामा घरमा बस्दै आएकी किशोरीको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोटाङको ऐँसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन् ।

मोरङ प्रहरीका प्रवक्ता नायव उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए । उनले प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको जानकारी दिए ।

अनुसन्धानका क्रममा प्रहरीले घरका मानिसहरु, छिमेकी अनि शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोलीका साथै जिल्ला प्रहरी कार्यालय मोरङको टोली समेत परिचालन गरिएको छ ।

यस क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्