Kathmandu Press

सुदूरपश्चिम सरकारबाट पनि माओवादी मन्त्री बर्खास्त

सुदूरपश्चिम सरकारबाट पनि माओवादी मन्त्री बर्खास्त

काठमाडौं, फागुन २२: सुदूरपश्चिम सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले माओवादीका मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् ।

Hardik ivf

केन्द्रमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले माओवादीबाट सरकारमा सहभागी भएकाहरुलाई बर्खास्त गरेका हुन् । बर्खास्त गरिएको बिषयमा मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् । एउटा सिट रिक्त छ ।

सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम राखे मुख्यमन्त्री शाहलाई बहुमत पुग्ने अवस्था छ । नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री भने यथावत छन् ।

यसअघि गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरिएको थियो ।

प्रकाशित मिति: १४:४० बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्