कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, फागुन २२: कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ ।
सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बैठक बस्ने तय भएको हो । बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।
सत्ता समिकरण फेरिएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गरी नयाँ रणनीतिका विषयमा बैठक बोलाइएको जनाइएको छ ।
प्रकाशित मिति: १४:१४ बजे, मंगलबार, फागुन २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)