Kathmandu Press

केपी–प्रचण्ड गठबन्धनले प्रतिगमनलाई बल पुग्ने जनमोर्चाको ठहर

केपी–प्रचण्ड गठबन्धनले प्रतिगमनलाई बल पुग्ने जनमोर्चाको ठहर

काठमाडौं, फागुन २२: राष्ट्रिय जनमोर्चा (राजमो) ले एमाले–माओवादी समेत मिलेर बनेको चारदलीय नयाँ गठबन्धनका कारण प्रतिगमनलाई बल पुग्ने ठहर गरेको छ । 

कांग्रेससँगको गठबन्धन भत्काएर एमाले, माओवादी, रास्वपा र जसपाको चारदलीय गठबन्धन बनेको विषयमा राजमोले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनको विघटन भएको कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

Hardik ivf

‘प्रतिगमनका विरुद्धमा महत्त्वपूर्ण भूमिका खेलेको गठबन्धनलाई विघटन गराउने कार्यको हाम्रो दलले तीब्र विरोध र आलोचना गर्दछ । गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ ।’

कांग्रेस र माओवादीको गठबन्धनले विगतमा प्रतिगमनलाई परास्त गर्न महत्वपपूर्ण भूमिका खेलेको पनि जनमोर्चाको धारणा छ ।

‘पूर्व गठबन्धनको विघटन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धनको सरकार निर्माण भएको छ । यो बताइरहनुपर्ने आवश्यकता छैन कि विगतमा प्रतिगमनका विरुद्ध गठन भएको गठबन्धनले प्रतिगमनलाई परास्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । प्रतिगमनविरुद्ध संघर्षको दौरान नै त्यसको निर्माण भएको थियो,’ केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जनमोर्चाले वर्तमान सरकारले अपनाउने नीति र कार्यक्रमको आधारमा सरकारप्रति जनमोर्चाले आफ्नो नीति निर्धारित गर्ने बताएको छ ।

‘आज देशमा बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता विरुद्ध खतरा बढ्दै गएको हुनाले २०६२–६३ सालको ऐतिहासिक आन्दोलनका उपलब्धिहरूको रक्षामा हाम्रो जोड हुनेछ । त्यसका साथै देशको राष्ट्रियताको अगाडि पनि गम्भीर रूपले खतरा बढ्दै गएको छ । यी सबै प्रश्नहरूका साथै जनजीविकाको सवालमा हाम्रो पार्टीले दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि एक विज्ञप्ति जारी गर्दै माओवादी–एमालेको नयाँ गठबन्धनले प्रतिगमनलाई बल पुर्याउने बताएका छन् ।

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्