Kathmandu Press

मन्त्रालय भागबण्डा गर्न ३ बजे नयाँ गठवन्धनको बैठक

मन्त्रालय भागबण्डा गर्न ३ बजे नयाँ गठवन्धनको बैठक

काठमाडौं, फागुन २२: मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार ३ बजे नयाँ सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ ।

नयाँ सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठक अघि लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादी पार्टीसँग छलफल हुने जनाइएको छ ।

Hardik ivf

संसदमा एकीकृत समाजवादीको १० सिट र लोकतान्त्रिक समाजवादीको चार सिट छ । सोमबार माओवादी केन्द्र, एमाले, रास्वपा, जसपाबीच सत्ता सहकार्यका लागि आठ बुँदे सहमति भएको थियो ।

नयाँ सत्ता गठबन्धनबाट हितबहादुर तामाङ, पदम गिरी, डोलप्रसाल अर्याल (डिपी) मन्त्रीमा नियुक्त भई शपथसमेत लिइसकेका छन् ।

प्रतिनिधि सभामा नेकपा (एमाले) को ७७, माओवादी केन्द्रको ३२, रास्वपाको २१,  जसपाको १२ सिट रहेको छ ।

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्