Kathmandu Press

माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो: शेखर कोइराला 

माओवादीसँगको गठबन्धन कांग्रेसलाई महँगो: शेखर कोइराला 

काठमाडौं, फागुन २२: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रलगायत पार्टीसँगको गठबन्धन कांग्रेसलाई महँगो साबित भएको बताएका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमार्फत यस्तो भनाई राखेका हुन् ।

उनले राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना सामान्य नभएको बताएका छन् । शेखरले ट्विटरमा भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन । कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’

Hardik ivf

नेता कोइरालाले सत्ता गठबन्धन तोडिनुमा कांग्रेस नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्दै आशंका पनि व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ ।’ 

 

 

प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्