तीनजनालाई बिना विभागिय मन्त्री, सबै मन्त्रालय प्रधानमन्त्रीसँगै

काठमाडौं, फागुन २१: नवगठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका छन् । तीनजना मन्त्रीको नियुक्ति र सपथ भए पनि उनीहरूलाइ कुनै पनि मन्त्रालयको जिम्मा नदिइ बिना विभागिय बनाइएको छ ।
सोमबार साँझ नियुक्त नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले बिना विभागीय मन्त्रीकै रूपमा सपथ ग्रहण गरेका थिए ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै तीनजना मन्त्रीको समेत टुंगो लगाइएको थियो । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमबार शीतल निवासमा भएको छ ।
नयाँ सरकार गठन भएसँगै यसअघिको गठबन्धनमा सामेल मन्त्रीहरु विदा भएका छन् । यस्तै, सरकार गठनमा भागबण्डाको सहमतीका लागि प्रचण्डसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पुनः बालुवाटार पुगेका छन् ।












-1755255383.jpg)