Kathmandu Press

नवनियुक्त तीन मन्त्रीले राष्ट्रपतिसँग लिए सपथ 

नवनियुक्त तीन मन्त्रीले राष्ट्रपतिसँग लिए सपथ 

काठमाडौं, फागुन २१: नयाँ गठबन्धनले नयाँ सत्ता समीकरण बनाएसँगै तीन जना नवनियुक्त मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति पौडेलसँग शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाइ मन्त्रालयको बाँडफाँड नभएको हुँदा उनीहरूले बिना विभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका छन् ।

Hardik ivf

गत वर्ष पुस १० गते एमाले सरकारमा सहभागी हुँदा पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री र डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री थिए । नेकपा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरेपछि उनीहरु सरकारबाट बाहिरिएका थिए ।

तर, माओवादीले कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ सत्ता गठबन्धन बनाउने सहमति भएपछि तीनजना मन्त्रीको समेत टुंगो लगाइएको थियो । 

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्