Kathmandu Press

तत्काल नयाँ गठबन्धनमा सामेल नहुने एकिकृत समाजवादीको निर्णय

तत्काल नयाँ गठबन्धनमा सामेल नहुने एकिकृत समाजवादीको निर्णय

काठमाडौं, फागुन २१: नेकपा एकीकृत समाजवादीले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै एकिकृत समाजवादीका नेता झलनाथ खनालले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए ।

Hardik ivf

‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउनु पर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, खनालले भने, ‘अहिले हामी पर्ख र हेरको नीतिमा छाैं ।’

कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने पनि उनले बताए ।

हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्