मोरङको धनपालथानमा सशस्त्रका डिएसपी मृत फेला

विराटनगर, फागुन २१: मोरङमा सोमबार दिउँसो सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् ।
मोरङको धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन् । मृतक बस्याल धनपालथानको सोराभागमा रहेको गुल्मका प्रमुख रहेको जनाइएको छ ।
बस्याललाई कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा फेला पारिएको हो । मोरङ प्रहरीका अनुसार मृत्यु प्रकरणमा परिवारका सदस्यलाई बोलाएर अनुसन्धान हुने भएको छ । बस्यालको मृत्युको कारण भने खुलेको छैन ।
प्रकाशित मिति: १७:१६ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












