प्रधानमन्त्री निवासमा नयाँ गठवन्धनको बैठक जारी

काठमाडौं, फागुन २१: सरकारको भागबण्डा मिलाउन नयाँ गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।
बैठकले मन्त्री लगायतका विषयमा भागबन्डाको टुंगो लगाउने जनाइएको छ । आजै साँझ तीन मन्त्रीको शपथको तयारी गरिएको छ ।
प्रकाशित मिति: १६:४३ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












