जसपा केन्द्रीय कार्यकारी समितिको बैठक बस्दै

काठमाडौं, फागुन २१: परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) ले ४ बजेबाट केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जसपा बैठक बसेको हो । जसपा बैठकमा सरकारमा सहभागिता, समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भूमिका लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
यसअघि बिहान पनि जसपा केन्द्रीय कार्यकारी समितिको बैठक थियो । नयाँ सरकारबारे थप छलफल गर्न पुनः बैठक बस्न लागेको हो ।
केन्द्रीय कार्यकारी समितिको बैठकमा सत्ता गठबन्धनमा पठाउने मन्त्रीको नामका विषयमा समेत छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: १६:१० बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)