Kathmandu Press

प्रचण्डले अविश्वसनिय रुपमा गठबन्धन तोडे: देउवा

प्रचण्डले अविश्वसनिय रुपमा गठबन्धन तोडे: देउवा

काठमाडौं, फागुन २१: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अविश्वसनिय रुपमा गठबन्धन तोडेको ‘बिफ्रिङ’ गरेका छन् । 

देउवाले बुढानीलकण्ठमा बिहान बसेकोको बैठकमा गठबन्धन तोड्न प्रधानमन्त्री नै जिम्मेवार रहेको बताएका हुन् । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विश्वास नै गर्न नसकिने गरी हठात् गठबन्धन तोडेको भनेर सभापति देउवाले पदाधिकारी बैठकमा टिप्पणी गरेका थिए ।

Hardik ivf

सभापति देउवाको भनाई उद्धृत गर्दै लेखकले भने, ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनुभयो । कांग्रेसले गठबन्धन नतोडेको भन्दै सभापतिले नयाँ रणनीतिले पार्टी अघि बढ्ने बताउनुभयो । अब हामी प्रतिपक्षको बेन्चमा फर्किन्छौं ।’

सभापति देउवाले गठबन्धनलाई सुदृढ राख्न आफूले हरसम्भव प्रयास गरेको समेत बैठकमा बताएका थिए । पदाधिकारी बैठकमा देउवाले गठबन्धन प्रधानमन्त्रीले तोडेको बताउँदै कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने पनि बताएका थिए ।

उपसभापति पूर्ण बहादुर खड्काले पार्टीको महासमिति बैठकमा भएका छलफल बहाना मात्र भएको बैठकमा सहभागि कांग्रेसका एक नेताले बताए । खड्काले मन्त्री वा अरु कुनै कारण गठबन्धनलाई निरन्तरता दिन नसक्ने अवस्था आयो भनेर आफुलाई कहिल्यै नभनेको पनि बताएका थिए ।

सोमबार बिहान एक्कासी बोलाएर कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिन नसकिने कुरा सुनाएको खड्काले बताएका थिए । 
 

प्रकाशित मिति: १५:२९ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्