नयाँ सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि चार सदस्यीय कार्यदल

काठमाडौं, फागुन २१: नयाँ सत्ता गठबन्धनका लागि मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ ।
उक्त कार्यदलमा एमालेका तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पाटीबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।
उक्त कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने भएको छ ।
प्रकाशित मिति: १५:०८ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)