Kathmandu Press

गठबन्धन फुटेपछि अलमलमा एकीकृत समाजवादी, ३ बजे सचिवालय बैठक बस्ने

गठबन्धन फुटेपछि अलमलमा एकीकृत समाजवादी, ३ बजे सचिवालय बैठक बस्ने

काठमाडौं, फागुन २१: सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले साबिकको गठबन्धन तोड्दै नयाँ समिकरण बनाएपछि नेकपा एकीकृत समाजवादी अलमलमा परेको छ ।

माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी अलमलमा परेको हो ।

Hardik ivf

नयाँ गठबन्धन बनेसँगै विकास भएको राजनीतिक घटनाक्रम सम्बोधन गर्न एकीकृत समाजवादीले दिउँसो ३ बजे बस्ने सचिवालयको बैठक बोलाएको छ । 

अहिलेसम्म नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।

यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्