Kathmandu Press

तीनजना नयाँ मन्त्री नियुक्त, आज ५ बजे नै सपथ

तीनजना नयाँ मन्त्री नियुक्त, आज ५ बजे नै सपथ

काठमाडौं, फागुन २१: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग सोमबार शीतल निवासमा भेटवार्ता गरेका छन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराएका हुन् ।

Hardik ivf

माओवादी केन्द्रबाट नुवाकोट–१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी रहेको जनाइएको छ । तामाङ पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट  उपसभापतिसमेत रहेका डीपी अर्याललाई मन्त्री बनाइने भएको छ ।

गिरी चुनावपछि भएको गठवन्धन सरकारमा स्वास्थ्यमन्त्री थिए भने र अर्याल श्रममन्त्री थिए । 

आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रकाशित मिति: १३:२५ बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्