सेयर बजारमा सत्ता समीकरणको प्रभाव: कारोबार र मूल्यमा आकस्मिक वृद्धि
काठमाडौं, फागुन २१: सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर सेयर बजारमा पनि देखिएको छ । सोमबार बजार कारोबार सुरु भएसँगै सेयर बजार सूचक बढेको छ ।
समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ ।
म्युचुअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन् । बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट ब्रेक लागेको छ ।
रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो, रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, फागुन २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन झण्डै १६ हजार घट्यो सुनको मूल्यसोमबार, मंसिर १०, २०८१
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदातासोमबार, मंसिर १०, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१