Kathmandu Press

नयाँ गठबन्धनको लिखित सहमतीका लागि बैठक बस्दै

नयाँ गठबन्धनको लिखित सहमतीका लागि बैठक बस्दै

काठमाडौं, फागुन २१: नयाँ गठबन्धनका विषयमा लिखित सहमती गर्न दिउँसो २:३० बजे बैठक बस्ने भएको छ । सो बैठकले सरकारको भागबन्डा समेत टुंगो लगाउने भएको छ ।

नयाँ गठवन्धनको बिहान बसेको बैठकमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने प्रारम्भिक सहमति भएको थियो । लिखित सहमतिमा हस्ताक्षर भएपछि सरकारको आकारबारे पनि निर्णय हुनेछ ।

Hardik ivf

नयाँ बनेको समीकरणबारे ‘ब्रिफिङ’ गर्नका लागि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री त्यहाँबाट फर्किएपछि सहमती तय गर्न नयाँ गठवन्धनको बैठक बस्ने तयारी छ ।

प्रकाशित मिति: १३:०० बजे, सोमबार, फागुन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्